मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ को घोषणा

काठमाडौं । विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।

‘ओ-फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०,२०२१ सम्म लागु हुने कम्पनीले जनाएकाे छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भन्छन्- ‘नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आदर्णिय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ(फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ ।’

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ओफ्यान्स ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि ओफ्यान्स  ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ ।

यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् । विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत् गरिने जानकारी दिइएकाे छ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । डिसेम्बर १देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com