फोर्ड इकोस्पोर्ट २०२१ कार २०२० को मूल्यमा खरिद गर्न पाइने

काठमाडौं । फोर्ड इकोस्पोर्ट २०२१ को बुकिङ खुल्ला गरीएको छ । जी.ओ. अटोमोबाईल्सले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको हो ।

सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणीमा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीको मन जितेको छ । फोर्डले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी÷सेगमेन्ट नै पुनः परिभाषित गर्दै आएको छ ।

सन् २०२१ संस्करण ईकोस्पोट भरत स्टेज भिआईमा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाईमा पर्ने छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टिआइ–भिसिटी पेट्रोल ईन्जिन समावेश छ । जसले ११२ पिएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो पिएसभिआइमा आधारित १.५ लि. टिडिसिआइ डिजल ईन्जिन रहेको छ जसले १०० पिएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ । यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । साथै यो सन रुफजडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२१ ईकोस्पोर्टमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसवाईएनसी ३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डि.आर.एल रेन सेन्सिङ्गवाइपर समेत रहेको बताइएको छ ।

 

प्रतिक्रिया