कर्मचारी करारमा भर्ना गर्ने सुदूरपश्चिम सरकारको निर्णय

काठमाडौं । सुदूरपश्चिम सरकारले करारमा कमर्चारी भर्ना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रादेशिक आयुर्वेदिक चिकत्सालय धनगढीमा करारमा कर्मचरी भर्ना गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयमा ४३ कर्मचारी र प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा ३२ जना कर्मचारी करारमा भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । उनले मन्त्रालयमा दरबन्दी रहेका तर उपस्थित नभएका कर्मचारीलाई सरकारले करारमा भर्ना गर्ने बताए ।

प्रदेश सरकारले विकास निर्माणका कार्य अगाडी बढाउन र पुँजीगत खर्च बढाउन कर्मचारी भर्ना गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया