बैंककाे एटिएम मेशिन फुटाउने बाह्रबिसेका एक जना काठमाडाैंबाट पक्राउ

काठमाडौं । एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् ।

उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया