‘थुरमी’ मा तान्त्रिक शक्ति रहेको भन्दै ठग्ने प्रयास, काठमाडाैंबाट २ जना पक्राउ

ललितपुर । सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएर ठगी गर्न खाेज्ने २ जना पक्राउ परेका छन् ।

धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभलालचमा पारी ठगी गर्न खोजेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा काठमाडौं मिलनचोक बस्ने मकवानपुर मनहरी गाउँपालिका-७ ज्यामिरे घर भएका ४५ वर्षीय जीवन प्रजा र काठमाडौं धुमबाराही बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१२ घर भएका ४३ वर्षीय जय गिरी रहेका छन् ।

प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका(१० कुपण्डोलबाट पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया