मेहन्दी सेरोमनीमा यसरी खुलिन स्वेता (फोटो फिचर)

काठमाडौं । नायिका स्वेता खड्का आज बैवाहिक जिवनमा प्रवेश गर्दैछिन् । गोकर्ण फरेस्ट रिसोर्टमा स्वेताले धनगढीका विजयेन्द्र सिंह राउतसँग लगनगाँठो कस्न लागेकी हुन् ।

हिजो स्वेताको विबाहको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रिसोर्टमा आयोजित सेरोमनीमा स्वेता खुलेकी छन् । स्वेतासँगै विजयेन्द्रलाई पनि हर्षित मुद्रामा देखिएको छ ।

स्वेता आफैंले मेहन्दीका तस्विर फेसवुक पेजमा राखेकी छन् ।

२०७१ सालमा कलाकार श्रीकृष्ण श्रेष्ठसँगको बैवाहिक जिवनमा बाधिएकी स्वेता एक महिनामै एकल भएकी थिइन् । हनिमुन मनाउन भारतको सिमला गएकै बेला श्रीकृष्ण श्रेष्ठको निमोनियाले मृत्यु भएको थियो ।

त्यसपछि एक्लै बसिरहेकी स्वेताले धनगढीका विजयेन्द्रसँग आज लगनगाँठो कस्न लागेकी हुन् ।

स्वेता कहाँ भेटिएला नामक चलचित्रबाट नेपाली कलाकारितामा प्रवेश गरेकी हुन् । उनलाई श्रीकृष्ण श्रेष्ठले नै चलचित्र क्षेत्रमा प्रवेश गराएका हुन् । उनकाे काेहिनुर, कान्छि सफल चलचित्र  छन् । पछिल्लाे समय स्वेता चलचित्र क्षेत्रसँगै समाजसेवा र व्यवसायमा पनि सक्रिय छिन् ।

हेरौं स्वेताका मेहन्दी सेरोमनीका केही तस्विरहरु, तस्विरः स्वेताको फेसवुकबाट

 

प्रतिक्रिया