मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

तराईंमा चिसो बढ्यो, यी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको झारखण्ड र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावले दिउँसो पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ । यसले देशभरी नै चिसो अझै बढ्नेछ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर २२ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

मंसिर २३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर २४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com