के छ नयाँ परराष्ट्र नीतिमा ? हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ । वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायतका परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरिएको हो ।

मूलभूत रूपमा १३ चुनौती रहेको परराष्ट्र नीति, नेपालमा पहिलोपटक अलग्गै परराष्ट्र नीतिका रूपमा ल्याइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अन्य अधिकारीले बताएका छन् ।सो नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ सो नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भए पनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो । कुनै पनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताए ।
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवद्र्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।

छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्धिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ ।

विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेस गरिएको मन्त्री ज्ञवालीले बताए । उनले नेपालले लामो समय देखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पारे ।

नेपालको परराष्ट्र नीति, २०७७ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977043175″ /]

 

प्रतिक्रिया