‘डान्सिङ विथ दि स्टार नेपाल’ बाट बाहिरिइन् ज्योति मगर

काठमाडौं । चर्चित गायिका ज्योति मगर ‘डान्सिङ विथ दि स्टार नेपाल’ बाट बाहिरिएकी छिन् । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटि शोको टप ५ मा पुगेर ज्योति बाहिरिएकी हुन्।

आफ्नो गायनबाटै लाखौ दर्शक स्रोताहरुको मन जितेकी ज्योतिलाई स्टेजकी रानि पनि भन्ने गरिन्छ। ज्योति उक्त शोको सेमिफाइनलमा पुगेर बाहिरिएकी हुन्। यो शोमा स्टारहरुले मात्र सहभागीता जनाएका थिए। जसमध्ये ज्योति पनि थिइन्।

ज्योति बाहिरिएसँगै अब उक्त शोको सेमिफाइनलमा ४ टिमहरु पुगेका छन्। वुद्ध लामा, सुमि मोक्तान,प्रियना आचार्य र उमेश राई (फुलन्देको आमा) रहेका छन् । शोमा गौरी मल्ल, दिलिप रायमाझी, रेनेशा वान्तवा राई निर्णायकको भुमिकामा रहेका छन् ।

ज्योति शोबाट बाहिरिदा पनि हाँसी खुसि नै देखिएकी थिइन्। उनि बाहिरिदै गर्दा भनेकि थिइन् –‘ आज म यहाँ छु त दर्शक स्रोताहरुकै मायाले गर्दा छु । सुरुवातमा त मलाई यो शोमा आउन मन नै थिएन्। तर यहाँ आइसकेपछि नआएको भए धेरै मिस हुने रहेछ भन्ने लाग्यो। जतिले मलाई भोट गर्नु भयो तपाईहरुले गर्नु भएको भोटको ऋण तिरेन भन्ने नसोच्नु होला । मेरो जिन्दगी नै गीतसंगीतलाई सुम्पेकी छु। तपाईहरुले गर्नु भएको भोटको ऋण म राम्रा राम्रा गीतहरु गाएर तिर्नेछु।’

प्रतिक्रिया