रविलाई प्रेमिकाले धोका दिँदा थामिएनन् आँसु (भिडियोसहित)


काठमाडौं । लोकप्रिय गायक रवि कार्कीको नयाँ लोकदोहोरी गीत ‘माया के रैछ’ भर्खरै मात्र सार्वजनिक भएको छ । कार्कीले सो गीत आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा रवि कार्की र चर्चित गायिका देवि घर्तीको स्वर रहेको छ । प्रविन खत्री (ठुले)को शब्दमा गायक कार्की स्वयमले संगीत भरेका छन् । भने, हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको छ । गीतको अडियो र भिडियो निकै नै उत्कृष्ट बनेको छ ।
गीतमा एक प्रेम जोडि जसमा प्रेमिकालाई घरपरिवारको दबाबले अरु नै केटासँग बिवाह गरेर छुटिन बाध्य पारेपछि संयोगले कुनै समय भेट हुँदा एकार्काले आफ्नो मनको बह पोखेको पिडालाई प्रस्तुत गरिएको छ ।
उक्त गीतको भिडियोमा कार्की र जुना गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । स्मृती तिमल्सेना (गुरुआमा) को निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियोमा गणेश सापकोटाको छायाँकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।
भिडियो यहाँ हेर्न सकिन्छ :
