ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

डोल्पा । ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ठुलीभेरी नगरपालिका-३ दुनै बस्ने रुकुम पश्चिम आठविसकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय कविराम नेपालीको हत्या गरेको अभियोगमा रुकुम पश्चिम आठविसकोट नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रकाश बोहरा पक्राउ परेका हुन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ नियन्त्रणमा लिएकाे हाे ।

बोहराले गत भदौ ३० गते साँझ ढुङ्गा प्रहार गर्दा घाइते भएकोमा कविरामको बिहीबार राति उपचारको क्रममा मृत्यु भएकाे थियाे । बोहरा यसअघि सोही घटनामा सार्वजनिक अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया