मोटरहेडको नयाँ शाखा बालाजुमा

काठमाडौं । एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेशन अन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर्स पार्टसको नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले बालाजुमा शाखा विस्तार गरेको हो ।

आज एक कार्यक्रमका विच काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले उक्त शाखाको उद्घाटन गरेका थिए । विक्रि स्पेयर तथा विक्रि पछिको तीन वटै सुविधा सम्पन्न उक्त शाखामा कम्पनीले अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ ।

अटोमोवाइल क्षेत्रमा छोटो समयमै सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको कम्पनीले ललितपुर र भक्तपुर पश्चात तेस्रो शाखा बालाजुमा स्थापना गरेको हो । आकर्षक मोडल र मुल्यमा उपलब्ध मोटरहेडका अहिले ७ मोडलहरु बजारमा छन् ।

नेपाल अधिराज्यभर प्रायः सबै क्षेत्रमा उपलब्ध हुने यो बाइक चीनमा निर्मित हुन् । कम्पनीले, ग्राहकहरुमा दुविधा नरहोस् भन्ने उद्देश्यले नै ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती कालदेखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पुर्याउँदै आएको बताएको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सञ्चालनमा ल्याउने भनिएको छ ।

हाल उपत्यकामा यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क चावहिल र भक्तपुरमा रहेको छ । उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगंज, सुर्खेत, इटहरी, बिरगंजमा रहेको छ । हाल कम्पनीमा २५० सिसिका टेक्कन, स्क्राम्ब्लर, स्पोर्टस रोड, स्पोर्टस अफरोड, एक्स–टोरक्वि, एमएच २०० र १५० गरी डर्ट, स्क्राम्ब्लर र क्रस ओभर सेग्मेन्टका ७ मोडलहरु रहेका छन् ।

साथै कम्पनीले मोटरहेड ब्राण्डका अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने भनिएको छ ।

कम्पनीले बालाजु शोरुमको उद्घाटनमा विशेष अफरको स्वरुप स्पेयर पाटर्समा १० प्रतिशत, लेभर चार्जमा ५० प्रतिशत छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा रु.१५ हजार छुटको व्यवस्था गरेको छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल रिकन्डिसन एसोसिएशनका पूर्व अध्यक्ष वि.एन पाठक तथा नेपाल अटो टे«ड युनियनको तर्फबाट माधव पाण्डे लगायत थिए ।

प्रतिक्रिया