यूरोपा लिग : भिएनामाथि आर्सनलको शानदार जित

काठमाडौं । युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले शानदार जित दर्ता गरेको छ । गएराति अष्ट्रियन क्लब -यापिड भिएनामाथि ४-१ को सानदार जित निकाल्दै आर्सननले शतप्रतिशत जितलाई निरन्तरता दिएका हो ।

घरेलु मैदानको फाइदा उठाउँदै खेलको पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको हो । खेलको १० औं मिनेटमा आर्सनलका लागि एलेक्सान्डर लाकाजेटीले पहिलो गोल गरे । खेलको १८ औं मिनेटमा पाल्लो मारीले आर्सनलको अग्रता दोब्बर बनाए भने ४४ औं मिनेटमा एड्डी एनकेटियाले अर्को गोल गरे ।

पहिलो हाफ ३-० ले अग्रता लिएको आर्सनलमाथि दोस्रो हाफको सुरुवातमै भिएनाका लागि मितागवाले एक गोल फर्काए । खेलको ४७ औं मिनेटमा गोल गर्दै उनले खेल ३-१ को अन्तरमा झारेका थिए । ​ आर्सनलका लागि ६६ औँ मिनेटमा स्मीथ रोवेले थप एक गोल गर्दै ४-१ को जित निश्चित गरे । ​

गएरातिको खेल रंगशालामै गएर दर्शकले हेरेका थिए । लामो समयदेखि रंगशाला जान नपाएका थोरै संख्याका दर्शकलाई खेल हेर्न दिइएको थियो । यो जितसँगै शीर्ष स्थानको आर्सनलले १५ अंक जोडेको छ ।

प्रतिक्रिया