‘सरकार ! हाम्रो हातमुखको भेट भएन भने, तिम्रो मुख र हाम्रो हातको भेट हुन्छ’

काठमाडौं । चीनको बुहानबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गर्यो । सरकारले लकडाउन, सटडाउन र निषेधाज्ञा पनि शृङ्खलाबद्ध रुपमा घोषण गर्यो । तत्पश्चात अहिले पूरै खुल्लाजस्तै छ । हुँदाुहँदा स्थिति यस्तो बन्यो कि, अब त बाहिर हिँड्दा कोरोना छ र भन्ने पनि लाग्छ ।

सार्वजनिक यातायात, क्याफे, बाटोघाटोलगायतका ठाउँहरुमा भने मान्छेहरुको भीडभाड हुने गर्दछ । सरकारले अन्य व्यवसायहरु खोल्न अनुमति दिँदा होटल, रेष्टुराँ, लामो दूरीका यातायात, मनोरञ्जन क्षेत्रलगायतका केही क्षेत्रहरुलाई भने अनुमति दिएको थिएन । तर, अहिले सबै व्यवसाय खुलिसकेता पनि मनोरञ्जन क्षेत्र, खासगरी फिल्म लाइन भने खोल्न अनुमति दिएको छैन । फाट्ट–फुट्ट म्युजिक भिडियोहरु गरिएता पनि मनोरञ्जन क्षेत्र भने धराशायी नै बनेका छन् । हजारौं मजदुरहरुको रोजिरोटी खोसिएको छ । तर पनि सरकारले कुनै वास्ता गरेको छैन ।

यता त्यस्तै लोकदोहोरी कलाकारहरु आन्दोलनमा उत्रिएका छन् । आजै मात्र माइतीघर मण्डलामा भएको आन्दोलनमा सयौं कलाकारहरु उत्रिएका थिए । सरकारलाई पटक पटक घच्घच्याइरहँदा पनि कुनै वास्ता नगरेपछि कलाकारहरु सडकमा उत्रिएका हुन् । सरकारले अझै पन्ध्र दिन हल तथा रात्रिकालीन व्यवसायहरु नखोल्न आग्रह गरेको छ । तर आन्दोलनमा उत्रिएका कलाकारहरु भने जबसम्म आफ्नो मागको सुनुवाई हुँदैन तबसम्म आफ्नो मागमा अडिग रहने अडान लिएका छन् ।

आन्दोलनमा –केही मरे रोग धेरै मरे भोकले ? नौ महिना सुतियो अझै कति सुत्ने ?, हामी यो देशका नागरिक होइनौं र ?, कि त काम देउ कि त माम देऊ ? व्यवसाय खुलाउँ चुलो बालौँलगायतका नाराहरु थिए । सरकारले रात्रिकालीन व्यवसायहरु खोल्न अनुमति नदिँदा व्यवसायिहरू करोडौंको घाटा व्यहोर्न बाध्य परिरहेका छन् ।

एक हजारभन्दा बढी रात्रिकालीन व्यवसायहरु छन् । त्यहाँ पचास हजारभन्दा धेरै काम गर्ने मजदुरहरु रहेका छन् । त्यहाँ आवद्ध कलाकारहरुको रोजिरोटी यहीँबाट चलिरहेको थियो । तर लामो समयसम्मको बन्दाबन्दीले गर्दा उनीहरुको रोजिरोटी खोसिएको छ । अन्य सबै क्षेत्रहरु खुलिसके तर मनोरञ्जन क्षेत्र भने खोल्न सरकारले अनुमति दिएको छैन । मनोरञ्जनकर्मीहरु सरकारको अनुमतिको पर्खाइमा रहेका छन् । बाटोमा हेर्ने हो भने भीडभाड, सार्वजनिक यातायातमा खुट्टा हाल्ने ठाउँ छैन ।

कलाकारहरु भन्छन् –‘सरकार हाम्रो रोजिरोटी नखोसियोस् ? सरकारलाई कोरोनाले हामी राति मात्र हिँड्छौँ भनेको छ ? हामी मजदुरहरु सडकमा ओर्लिसकेका छौं ? जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी चुप लागेर बस्ने छैनौं ? सिडिओ कार्यालय पुग्दा हामी मिटिङ गरि दुईदिन भित्र तपाईँहरुको मागको सम्बोधन गर्छौँ भनी आश्वासन मात्र दियो । त्यसपछि सीसीएमसी र पर्यटन बोर्डको कार्यालयको ढोका पनि ढकढक्यायौं । तर हामीलाई आश्वासन मात्र दिएर पठाइन्छ किन ?’

रात्रिकालीन व्यवसायहरु सञ्चालनमा रहेका २०० जति घरबेटीले ताल्चा लगाइसकेका छन् । यो बीचमा कतिले सुसाइट गरे कति डिप्रेशनमा छन् । तर सरकारले देखेको छैन । सरकारलाई न कलाकारले आफ्नो पुर्ख्यौली सम्पत्ति देउ भनेका छन्, न त सरकारी ढुकुटीबाट केही देऊ नै भनेका छन् । मात्र हामीलाई गरिखान देऊ भनेका हुन् । कलाकारहरुको गुनासो छ, ‘सरकारले हामीलाई किन गरिखान दिँदैन?’

माइतीघरको आन्दोलनमा भएको कार्यक्रममा रात्रिकालीन व्यवसायमा आवद्ध मजदुरहरुको आवाज बनी संघर्ष समितीका सचिव एवं दोहोरी व्यवसाय संघका महासचिव गुणराज खनालले मजदुरहरुको आवाज सुनिदिन सरकारलाई आग्रहसमेत गरेका छन् ।

‘सरकारले कर्सातर्फ ढोका राखेर के काम गरिरहेको छ’
तपाईँहरु आन्दोलनमा नजानुस् तपाईँहरुको व्यवसाय मागको सम्बोधन भइसकेको छ । तपाईँहरुको दोहोरीमा लागेको माकुराको जालो र डान्स बारका किचेनमा लागेको माकुराको जालो, ढुसी सफा गर्नुस् भनेर पर्यटनमन्त्री योगेश भट्टराइले भन्नुभयो । तर, त्यो आश्वासन मात्र भयो ।

रात्रिकालीन व्यवसाय भएको कारण होडिङ बोर्डमा बत्ती बाल्न खोज्दा सरकारका मान्छेहरु आएर भन्छ यो के गर्न लाग्नुभएको हो । हामीले के गर्यौ । हामीले हाम्रो होडिङ बोर्ड र बत्तीहरु बाल्यौँ के हामीले अपराध गयौं । हामीले अपराध गरेका छैनौं । हामीलाई अपराधी सावित गर्न नखोजियोस् । के हामीले राज्यलाई कर तिरेका छैनौं । के हाम्रो रात्रिकालीन व्यवसायमा आवद्ध कर्मचारीहरु पशु हुन् ।

हाम्रा मजदुरहरुसँग साग किन्न सक्ने अवस्था छैन । हाम्रो हात र मुख जोडिने अवस्था छैन । यदि हाम्रो हात र मुखको भेट भएन भने यो सरकारको मुख र हाम्रो हातको भेट हुन्छ । तर त्यो दिन नआओस् । रात्रिकालीन कर्मचारीहरुले र व्यवसायहरुले के कुखुराले फुल पारे जसरी कोरोना जन्माउने हो ? होइने भने हाम्रो रोजगारी व्यवसाय किन बन्द गरिन्छ ?

राष्ट्रिय मिडियाहरुले हाम्रा मागलाई किन बेवास्ता गरिरहेका छन् । सिहंदरबारको वरीपरी गएर मात्र हुन्छ ? केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको पछाडि मात्र लागेर हुन्छ ? हाम्रो माग कसले सुन्ने ? त्यसैले राज्यको ध्यान रात्रिकालीन व्यवसायहरुमा जाओस् । हाम्रो माग सुनियोस् । हाम्रा व्यवसायहरु सञ्चालनमा आउन दिनुपर्छ । रात्रिकालिन व्यवसायमा ५० हजार भन्दा बढी मजदुरहरु छन् । यि मजदुरहरुको पेटमा लात नहान्नुस् ।

सुनाखीहरुका पार्टी प्यालेस खुल्ने हामी निमुखाहरुको दोहोरी साँझ र रेष्टुराँ बन्द हुने, राज्यको ढोका आँगनतर्फ फर्किनपर्छ । आँगन भनेको जनता हुन् तर, सरकारले कर्सातर्फ ढोका राखेर के काम गरिरहेको छ ।

‘सरकार हामी सडकमा उत्रिसक्यौँ’
तपाईँहरुको व्यवसाय साँझदेखि जहाँ हुनुहुन्छ त्यहाँबाट खोल्न सुरु गर्नुस् । यदि राज्यले हामीमाथि मुद्दा दायर गर्छ भने, हामी सबै मुद्दा खेप्न तयार छौं । राज्य जनतामुखी होस् । हामीलाई भोकै मर्न बाध्य नगराइयोस् । यत्रा मजदुरहरु सिंहदरबार अगाडि आएर मरे भने, लास व्यवस्थापन गर्न गाह्रो होला । सरकार हामी सडकमा उत्रिसक्यौँ । अब सिडिओ कार्यालय, सिंहदरबार बालुवाटार हुँदै तिम्रो घर घेर्नेछौं ।

प्रतिक्रिया