जन्ती चढेको गाडी दुर्घटना, दुलाहा-दुलहीसहित १३ घाइते

कैलाली । कैलालीको धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडक खण्डमा विहेको जन्ती चढेको गाडी दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ ज १२५४ नम्बरको जन्ती चढेको उक्त गाडी गए राति सडकबाट झण्डै २०० मिटर तल खसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका-६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ । –रासस

प्रतिक्रिया