सेभियामाथि चेल्सीको जित, ओलिभरले गरे ४ गोल

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा चेल्सीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा चारै गोल ओलिभर जिराउडले गरेका हुन् । जिराउडले खेलको ८, ५४, ७४ र ८३औ मिनेटमा गोल गरेका थिए । जिरउड चेल्सीका लागि युरोपियन प्रतिष्पर्धामा एकै खेलमा ४ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

योजितपछि चेल्सी समुहमा पहिलो हुदै अन्तिम १६ मा पुगेको छ । समुह चरणको एक खेल बाँकी हुँदा चेल्सीको ५ खेलमा १३ अंक रहेको छ भने सेभियाको ५ खेलमा १० अंक रहेको छ ।

पराजित भएपनि सेभिया अन्तिम १६ मा भने पुगेको छ । यस समुहमा क्रान्सनोडरको ४ र रेन्नेजको एक अंक रहेको छ ।

प्रतिक्रिया