आर्यनको चलचित्र ‘डिसेम्बर फल्स’ मा उपासना अनुबन्धित

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ मा नायिका उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । उपासनाले चलचित्र ‘कबड्डी ३’ पछि मंगलवार नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् ।

चलचित्र क्याप्टेनबाट नेपाली रजतपटमा डेव्यु गरेकी उपासनाले ‘डिसेम्बर फल्स’ मा चक्लेटि नायक आर्यन सिग्देलसँँग पहिलो पटक स्क्रिन सेयर गर्ने भएकी छिन् । निर्देशक प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्रमा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने चलचित्रको निर्माता राज कुमार भट्ट रहेका छन् भने, केदार भुषालको पटकथा तथा संवाद रहेको छ । चलचित्रलाई रवि नायडुले खिच्ने भएका छन् ।

लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा भने विपिका खनालले लेखेकी हुन् । अर्को बर्षको साउन १ गतेलाई प्रदर्शनमा आउने चलचित्रको छायाँकन काठमाडौं र पोखरामा हुनेछ ।

प्रतिक्रिया