नरेश र एलिजाको ‘झन झन माया बढ्यो’ सार्वजनिक

काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको ‘झन झन माया बढ्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ । उक्त भिडियोमा संचारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ ।

भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन् भने, निसाल पौडेलले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया