रमेश प्रसाईले प्रेमिका नन्दासँग मंसिर २२ मा बिहे गर्दै

काठमाडौं । प्रखर बक्ता रमेश प्रसाई र उनकी प्रेमिका नन्दा सिंहको आउँदो मंसिर २२ गते धरानबाट बिहे हुने पक्का भएको छ । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश बिगत डेढ बर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा थिए ।

यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए । विशेष जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो ।

डेढबर्ष देखी प्रेममा रहेको यो जोडीले अन्ततः बिहे गर्ने पक्का भएपछि अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल नै भएको छ । उनीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । आफूहरुको बिहेको बिषयमा रमेश र नन्दाले भने सामाजिक सञ्जालमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

नन्दा पनि एक समाजसेवी हुन् । उनी आफू पनि एक दृष्टिबिहीन भएरपनि बिगत केहि बर्षदेखि काठमाडौंको चाबहिलमा बाल आश्रम सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।

प्रतिक्रिया