सत्यराज र स्वरुपराजको ‘मैसाब’ ले दर्शकको मन जित्दै (भिडियोसहित)

काठमाडौं । केहि दिन अगाडि सार्वजनिक गरिएकाे सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’ ले दर्शकको मन जितिरहेकाे छ । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराजकाे स्वर तथा संगीतमा ‘मैसाब’ बोलको कवाली फ्लेवरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सो गीतलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी नायक पल शाह दोहोरो भूमिकामा देखिएका छन् ।

पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पा फिचर्ड छिन् । केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी शेर्पा नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।

भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यले समेत कवाली गाउँदै गरेको देखिन्छ । गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जाभाइ) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ।

उक्त भिडियोमा सुदिप बरालको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ । कैलाश राइको लगानीमा तयार भएको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी रहेको छ । गायक सत्यराजले यो म्युजिक भिडियो आफुहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताए ।

भिडियाे यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया