ज्योतिष हरिहरको ‘शुभ लभ’ युट्युब मार्फत सार्वजनिक

काठमाडौं– ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । गत वर्ष सिनेमा घरमा प्रदर्शनमा आएको याे चलचित्र हिजो (सोमबार) ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त चलचित्रलाई निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् भने धर्मराज शर्मा सुवेदीले लगानी गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्म यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया