शुरु भयो ‘कृष्ण लिला’ को छायाँकन

काठमाडौं । चलचित्र ‘कृष्ण लिला’ को छायाँकन शुरु भएको छ । उक्त चलचित्रको छायाँकन शुक्रबारदेखि पुर्व इलामबाट शुरु भएको हो । ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतकाे छायाँकन शुरू भएको हो ।

नायक पुष्प खड्काले मकालु खबरसँग भने–‘अहिले हामी इलामकाे पानीटारमा छौं । गीतको छायाँकन भइरहेको छ । सायद भोलि यसको छायाँकन सकिन्छ होला । त्यसपछि भने हामी सेटको छायाँकन गर्नेछौं । पछि इलामको मौसम परिवर्तन हुन्छ भनेर नै हामीहरुले अहिले गीतको छायाँकन गरेका हौँ ।’ उक्त गीतमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्री रोमान्टिक मुडमा देखिएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको उक्त चलचित्रका निर्माता प्रकाश कार्की र केवल तामाङ हुन् ।

आरआर फिल्मसकाे ब्यानरमा बन्न लागेकाे चलचित्रमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं लगायतका कलाकारहरुको मुख्य भूमिका रहेकाे छ ।

चलचित्रको सम्पुर्ण छायाँकन पूर्वको पानीटार, कन्याम लगायतका विभिन्न ठाउँहरुमा गरिने नायक खड्काले बताए ।

प्रतिक्रिया