सुनिताको बोलीमा जादुमन्तर छ भन्दै आए मोहन

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र गायक मोहन खड्काको कर्णप्रिय स्वरमा सजिएको ‘हेरे तिम्लाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई गायक खड्कको आफिसियल युट्युब च्यानलकाट सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित मोडल बिमल अधिकारी र सुमी पुरीको शसक्त अभिनय रहेको छ । मनिराज बुढाथोकीले कोरेको शव्दमा गायक खड्काले संगीत भरेका छन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

पछिल्लो समय गायिका सुनिताले एक पछि अर्को हिट गीतहरु दर्शकलाई पस्किरहेकी छिन् । लामो समयदेखि निरन्तर गीतसंगीतमा लागेकी सुनिता एकपछि अर्को हिट गीतसंगीत दर्शकमाझ पस्किन पाउदा ज्यादै नै खुसी लागेको बताउँछिन् । उनी लोक गीतसंगीतमा राम्रो सम्भावना बोकेकी गायिका पनि हुन् । अबको लोक गीतसंगीतको मार्केट सुनिताकै रहेको पनि आकलन गर्न सकिन्छ । अहिले उनको चौतर्फि रुपमा चर्चा परिचर्चा पनि रहेकाे छ ।

गीतको म्युजिक भिडियोलाई निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् । भने वुद्ध थापाको टिमले खिचेका हुन् । जसलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया