अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

अछाम । अछाममा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने १७ जना घाइते भएका छन् ।

मंगलसेनबाट धनगढीतर्फ गइरहेकाे ना४ख ९९७२ नम्बरकाे बस साेमबार बिहान मार्कुमा दुर्घटना हुँदा साँफेबगर नगरपालिका-३ का १९ वर्षीय नीरज कुँवरकाे मृत्यु भएकाे हाे ।

घाइतेमध्ये ७ जनाकाे बयालपाटा अस्पतालमा उपचार भइरहेकाे छ । जिल्ला प्रशासन कार्यालय, अछामका अनुसार बसमा चालकसहित १८ जना थिए । बस सडकबाट तल खसेकाे थियाे । दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया