मेक्सम र जुनाको ‘दुलाह राजा मायालु’ बजारमा (भिडियोसहित)

काठमाडौँ । गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ पञ्चेबाजा गीत ‘दुलाहा राजा मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक मेक्सम खाती क्षेत्री र गायिका जुना श्रीष मगरको आवाजमा रहेको साे गीतमा नरेश खातिको संगीत रहेको छ । गीतलाई नरेश मेक्समको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतमा शंकर बिसी र रिना थापा मगरको दमदार अभिनय रहेको छ ।

उक्त गीतलाई मोडल तथा निर्देशक शंकर बिसीकाे निर्देशन, दुर्गा पौडेलको छायाँकन र नबिन घर्ती मगरलकाे सम्पादन रहेकाे छ । सो गीतको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको नरेशले बताए ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया