राजेशको तर्क–‘अहिल्यै चलचित्र हल खोल्नु हुँदैन’

काठमाडौं । नोबेल कोरोना भाइरसका कारण बिगत आठ महिनादेखि ठप्प रहेको नेपाली चलचित्र क्षेत्र खुल्ला गर्न चलचित्रकर्मीहरुले सरकारसँग आग्रह गरेका छन् ।

चलचित्रकर्मीहरुले सरकारसँग आग्रह गरिरहँदा अभिनेता राजेश हमालले भने अत्याधिक भीडभाड हुने क्षेत्र भएकाले जवरजस्ती चलचित्रसम्बन्धि गतिबिधिहरु खुल्ला गर्दा संक्रमण फैलिन सक्ने भएकाले स्थिति सामान्य भएपछि केहि खुकुलो गर्दै लैजानुपर्ने अभिव्यक्ति राखेका छन् ।

त्यसो त सरकारले लकडाउन गर्नुपूर्व नै चलचित्रसम्बन्धि गतिबिधिहरुमा प्रतिबन्ध लगाएको थियो । लामाे समयदेखि चलचित्र क्षेत्र बन्द हुँदा चलचित्रकर्मीहरु धराशायीमा परेका छन् ।

हमाल भन्छन्–‘सिनेमा हल, चलचित्र निर्माण र प्रदर्शन चाहिँ खोल्नुपर्छ । तर, जवरजस्ती गरेर पनि हुँदैन । अहिले हामीलाई स्थिति सामान्य लागे पनि परिस्थिति त नाजुक नै छ । त्यसकारण हामीले सम्यमता अपनाउनु पर्छ ।’

अहिले जवरजस्ती हलहरु खोल्याे भने भोली संक्रमण फैलिएर त्यसले ठुलो समस्या निम्त्याउन सक्ने उनको भनाई रहेको छ । हमाल भन्छन् –‘सहज भएको खण्डमा चाहीँ खोल्नुपर्छ । तर हामीहरु भने सचेत हुनुपर्छ ।’

हमालले लकडाउनको अवधिमा धेरै म्युजिक भिडियोहरु गरेका छन् । तर उनले यो आफ्नो बिधा नभएको र कहिलेकाहीँ म्युजिक भिडियो गर्दा रमाइलो लाग्ने पनि बताएका छन् । ‘म चलचित्र कलाकार नै हुँ । कुनै प्रोजेक्ट शुरु भयो भने म त्यतै लाग्छु ।’ उनले भने ।

प्रतिक्रिया