‘समाजको कायरता एउटी महिलाको स्वतन्त्र जीवनसँग डराएर मानसिक, चारित्रिक र शारीरिक आक्रमण गर्छ’

काठमाडौं । अभिनेत्री एवं सामाजिक अभियन्ता रेखा थापाले समाजले आफू भष्म हुने डरले केही कमजोर पात्र खोजेर महिलालाई महिला बन्ने तालिम सिकाइएकाे तर्क गरेकी छन् ।

अभिनेत्री थापाले सामाजिक सञ्जालमार्फत् समाजको कायरता एउटा महिलाको स्वतन्त्र जीवनसँग डराएर मानसिक, चारित्रिक र शारीरिक आक्रमण गरेको उल्लेख गरेकी छन् ।

थापाले लेखेकी छन्–‘महिलालाई हेर्ने नजरियाहरुः शास्त्र, पार्टी, समाज, सस्कृती र शिक्षासमेत खराब छन । चरित्र, आज्ञाकारी, सुशिल हुन्छु भन्ने घोषणा पत्र घाटिमा झुण्ड्याएर हिडाउन चाहन्छ समाज । महिला बन्नको लागि अरुका आँखाबाट पारित गराउन खोज्नु सामाजिक कायरता हो । समाजको कायरता जो एउटा महिलाको स्वतन्त्र जीवनसँग डराएर, मानसिक, चारित्रिक र शारिरिक आक्रमण गर्दछ ।’

महिलाले महिला बन्न छोडेको दिन समाजको उक्त दृष्‍टिकोण आफै भष्म हुने बताएकी थापाले थप लेखेकी छिन्, ‘महिला बन्न छोडेको दिन समाजको यो दृष्‍टिकोण आँफै भष्म हुन्छ । आफु भष्म हुने डरले केही कमजोर पात्र खोजेर महिला बन्ने तालिम चलाउँछ समाज । तर, हामीले बुझ्नु पर्ने कुरा के छ भने, कैयौ महिलाको पक्षमा देखिने समाधान भित्र पनि समस्या बाँँचिरहेका छन ।’

प्रतिक्रिया