चलचित्र ‘रेड वाइन’बाट पल बाहिरिएपछि पुष्पको प्रवेश

काठमाडौं । नेपाल र अमेरिकामा छायाँकन हुने तयारीमा रहेको चलचित्र ‘रेड वाइन’ बाट नायक पल शाह बाहिरिएका छन् ।

शाह बाहिरिएसँगै अर्का नायक पुष्प खड्काले चलचित्रमा प्रवेश गरेका छन् । पहिला यो चलचित्रमा नायक शाह र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडि पक्का भैसकेको थियो । तर अहिले पलको ठाउँमा पुष्प अनुबन्धित भएका छन् ।

केहिदिन अगाडि मात्र निर्माण टिमले पुष्पसँग कागजी सम्झौता गरेको छ । सो चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गर्ने छन् । कथावस्तु परिवर्तनमा पलले दबाब दिन थालेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पलाई अनुबन्धित गरेको हो ।

पुष्प र साम्राज्ञीले यस अगाडि चलचित्र ‘मारुनी’ गरेका थिए । उनीहरुको जोडीलाई दर्शकले धेरै नै रुचाएका थिए । यो उनीहरुको दाेस्रो सहकार्य हो । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया