मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका-७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी एक जना घाइते छन् ।

प्रहरीका अनुसार आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप गएराति साढे ८ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा आठबीसकोट-८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको छन् । दुर्घटनापछि जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...