ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको विहिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

विष्टसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको उनले जानकारी दिए । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरे ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । विष्टकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएकी छिन् । –रासस

प्रतिक्रिया