प्रेम र बिछोडको कथा रहेको ‘माया हे माया’ मा चिरञ्जीवीको सशक्त अभिनय

काठमाडौं । सञ्चारकर्मी तथा लोकप्रिय कलाकार चिरञ्जीवी सापकोटा ‘जिबी चिरन’ अभिनित नयाँ म्युजिक भिडियो ‘माया हे माया’ केहि समय अगाडि मात्र सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोलाई साप्कोटाकै अफिसियल युट्युब च्यानल आहा टिभीबाट सार्वजनिक गरिएको छ ।

गीतमा राज सागर र बिन्दु परियारको कर्णप्रिय आवाज रहेको छ । जसमा धुर्ब प्रसाद अमगाईँको शब्द र राज सागरको संगीत रहेको छ । वियोगान्त प्रेम कथामा आधारित गीतमा प्रत्येक शब्दहरू मर्मस्पर्शी छन् । बाहिरी व्यक्तिका कारण वैवाहिक सम्बन्धमा रहेको जोडी छुटिन परेको अवस्थालाई भिडियोमा देखाइको छ । अन्तत: चिरिञ्जबीकाे श्रीमती भनिएकी शुसिलाले डिभोर्ससम्म मागेकी छन् । चिरञ्जिबि र शुसिला थापाकाे शसक्त अभिनयले अझ मन छुन्छ ।

उक्त भिडियोका निर्देशक शिशिर श्रेष्ठ हुन् भने छायाँकर राजेश घिमिरे हुन् । भिडियाे अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्नुहोस:

प्रतिक्रिया