सारा अलि खानको ‘कुली नम्बर १’ को रिलीज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको नयाँ चलचित्र ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा रहेको थियाे । पहिले यो चलचित्र थिएटरमा रिलीज हुने भनिएको थियो । तर अब भने अमेजन प्राइम भिडियाेमा रिलीज हुने भएको छ ।

चलचित्रको ट्रेलर चाँडै नै रिलिज हुदैछ । वरुणले यस चलचित्रकाे ट्रेलरको रिलीज मिति घोषणा गरेका छन् । साथै उनले चलचित्रको एक पोष्ट पनि सार्वजनिक गरेका छन् ।

चलचित्रको पोष्टरमा सारा अली खान परम्परागत पोशाकमा देखिएकी छिन् । भने वरुण ५ वटा भिन्न अवतारमा देखिएका छन् । यस मध्ये एकमा वरुण एक केटीको अवतारमा देखिएका छन् ।

उक्त चलचित्रको पोस्टर शेयर गर्दै वरुणले लेखेका छन् –‘ट्रेलरको नोभेम्बर २८ को दिन दिउँसो १२ बजे रिलिज गरिने छ । अब अमेजन प्राइम भिडियो, फेसबुक र यूट्यूब पृष्ठमा भेटौला ।’

त्यस्तै पोस्टर शेयर गर्दै सारा अलि खान लेख्छिन् –‘कूलि नम्बर एकको ट्रेलर हेरि मनोरञ्जन लिनको लागि तयार हुनुहोस ।’ यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । यो चलचित्र डेभिडको ४५ औं चलचित्र पनि हो ।

प्रतिक्रिया