विशाललाई खास लागिन् सरिता (भिडियोसहित)

काठमाडौं । मोडल तथा सञ्चारकर्मी सरिता भारतीको नयाँ गीत ‘खास लाग्न थाल्यौं’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विपिन घिमिरेको स्वर तथा संगीत रहेको छ भने, नारायण प्रसाद साप्कोटाको शव्द रहेको छ ।

उक्त गीतलाई साम्बी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा सरिता भारती र विशाल पोखरेल फिचर्ड छन् । एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित रहेर तयार पारिएको सो गीतको म्युजिक भिडियो पत्रकार डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् ।

गीतमा रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया