पलकि ‘घरवाली’ रियाशा (भिडियोसहित)

काठमाडौं । अभिनेता तथा मोडल पल शाह अभिनित ‘घरवाली’ को म्युजिक भिडियाे सार्वजनिक भएको छ ।

पल पछिल्लो समय म्युजिक भिडियोमा धेरै नै व्यस्त छन् । हप्तामै उनका धेरै म्युजिक भिडियो रिलिज हुन्छ । संगीतकार कमल अधिकारीको शब्द तथा संगीत संयोजन रहेको ‘घरवाली’( पैसा खन खन) सार्वजनिक भएको हो । जसमा विष्णु थापा (सरगम) को स्वर रहेको छ ।

भिडियोमा नायक पल शाहकी घरवालीको रूपमा पछिल्लो समयकी निकै नै चर्चित मोडल रियाशा दाहाल देखा परेकी छन् । गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवाल हुन् । गीतमा निर्देशक विक्रम चौहानको निर्देशन अर्जुन तिवारीको छायाँकन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया