नाटक ‘बोक्सीको घर’ को कथामा चलचित्र बन्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी पुन चलचित्र निर्माण कार्यमा जुटेकी छिन् ।

बिगत केही वर्ष अगाडि भएको चर्चित नाटक ‘बोक्सीको घर’ को कथालाई उनले चलचित्रमा ढाल्न लागेकी हुन् । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको ०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक याे नाटककाे मञ्चन भएको थियो । यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन्।

उक्त चलचित्रलाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रुपमा विशाल भण्डारी रहेका छन् ।चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘बोक्सीको घर’ को निर्माता बद्री अधिकारी र कार्यकारी निर्माता विशाल भण्डारी रहेका छन् ।

प्रतिक्रिया