नेयमारको पेनाल्टीमा पीएसजीको जित

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । समूह चरणको चौथो खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । नेयमारले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

लिगमा चार खेल खेलेको पीएसजी ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चौथो चरणको खेल सकिँदा समूह एचमा म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा छ । युनाइटेडले ४ खेलमा ९ अंक जोडेको छ । पराजित लाइपजिगको पनि ६ अंक छ ।

प्रतिक्रिया