बेलिजका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोना संक्रमित भएकाे जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन् । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया