कुटपिट गरी अमिरीकाे हत्या गरेको अभियोगमा २ जना पक्राउ

रौतहट । छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बृन्दावन नगरपालिका-७ धमौरा गाउँ बस्ने १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका विकास समेतले कुटपिट गर्दा गम्भीर घाइते भएका अमिरीको गरुडा बजारस्थित गरुडा सिटि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया