प्रल्हाद र एकनारायणको ‘जिन्दगी भार भयो’ बजारमा (भिडियाेसहित)

काठमाडौं । लोेकप्रिय गायक राजु परियार र सीता के सीको आवाजमा सजिएको ‘जिन्दगी भार भयो’ सार्वजनिक भएको छ । उक्त गीतलाई गायिका स्वयमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

लोकप्रिय सर्जक प्रल्हाद सुवेदीले कोरेको उक्त गीतकाे शब्दमा अर्का लोकप्रिय सर्जक एकनारायण भण्डारीले संगीत भरेका छन् । गीतको मुटु भनेकै त्यसको शब्द र संगीत हो, जसले गीतलाई जीवन्त बनाउँछ । सुवेदी र भण्डारीले पनि गीतलाई जीवन्त बनाउने प्रयास गरेका छन् । त्यस्तै गीतलाई राजु र सीताले पनि उतिकै न्याय गरेर गाएका छन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

गीतमा जय देवकोटा र आयुष्मा कार्की फिचर्ड छन् । मदन खड्काको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा वीरेन्द्र भट्टकाे छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया