राजेश र स्मिताको ‘मालिङ्गो’ बजारमा (भिडियाेसहित)

काठमाडौं । महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समय हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।

गायिका स्मिता दाहाल र राजनराज सिवाकोटीको आवाजमा रहेको ‘मालिङ्गो’ मा हमालले फिचर गरेका छन् । हमालसँगै दाहाल पनि फिचर छिन् । सुनिता नेपाल सुवेदीले कोरेको शव्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् भने, उदय राज पौडेलले एरेञ्ज गरेका छन् ।

उक्त गीतलाई गायक सरोज वलीको निर्देशन, भुपेन्द्र अधिकारीको सम्पादन र स्टोरी तथा छायाँकन नवराज उप्रेतीको रहेको छ । सो गीतको भिडियोलाई ‘गज्जब टिभी’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया