‘देउ न माया देउ’ को म्युजिक भिडियो बजारमा

काठमाडौं । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । साे गीत गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको छ । गीतमा गायिका हमाल स्वयमले कोरेको शब्दमा राज दासले संगीत भरेका छन् ।

गीतमा दिनेश कोइराला र रोजिना कठायतलाई फिचरिङ गरिएकाे छ । उक्त गीतलाई निर्देशक जतिन ताम्राकारले निर्देशन गरेका छन् भने निरज तिमल्सिनाको छायाँकन र सम्पादन रहेको छ । सो गीतलाई पुर्वका विभिन्न स्थानहरु झापा, मोरङ, सुनसरी लगायतका स्थानहरुमा छायाँकन गरिएको हो । गीतलाई हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया