२४ घन्टामा ३११२ काेराेना परीक्षण हुँदा ५०२ संक्रमित पुष्टि, १७ जनाकाे मृत्यु

काठमाडाैं । गत २४ घण्टामा ५०२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सरकारले ३ हजार ११२ जनाको मात्र पीसीआर परीक्षण गरेकाेले २४ घन्टामा ५०२ जनामात्र संक्रमित पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालीको महान चाड तिहारका कारण कारण परीक्षण घटेको हो । परीक्षणकाे दायरा घटेपछि संक्रमितकाे संख्या पनि घट्छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया