प्रधानमन्त्रीलाई पूर्व राज्यमन्त्री दोङको चुनौती–‘सके प्रचण्डको प्रतिवेदनलाई फेस गरौँ, नभए राजीनामा दिएर चुपचाप बसौँ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेता एवम् पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा पेश गरेका राजनीतिक प्रतिवेदनलाई फेस गर्न चुनौती दिएका छन् ।
आफ्नो आधिकारिक फेसबूकमार्फत् यस्तो चुनौती दिएका नेता दोङले आकाश नै खसेजस्तो गरी कोलाहल मच्चाउन जरुरी नरहेकोसमेत बताएका छन् ।
अध्यक्ष दाहाललाई प्रस्तुत प्रतिवेदन फिर्ता लिन धम्की, चेतावनी वा आग्रह आवश्यक नरहेको बताएका नेता दोङले थप लेखेका छन्–‘आकाश नै खसेजस्तो गरी बैठकमा कार्यकारी अध्यक्ष कमरेड प्रचण्डबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई फिर्ता गर्न आग्रह चेतावनी वा धम्की आवश्यक छैन । सके बैठकमा प्रस्तावको फेस गरौँ, नसके राजीनामा दिएर चुपचाप बसौँ । कोलाहल मच्चाएर लोक नहसाऔँ ।’
यसअघि ओली निकटका नेताहरुले अध्यक्ष दाहालले कुनै पनि हालतमा प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका थिए । खासगरी गोकुल बाँस्कोटा, सूर्य थापा र शंकर पोखरेलले सार्वजनिक रुपमै अध्यक्ष दाहालमाथि दबाब सिर्जना गरेका थिए ।
नेता दोङको फेसबूक स्टाटस्ः–









