करिष्मा, स्वेता, सुहाना र पुजाको लक्ष्मी पुजा (फोटो फिचर)

काठमाडौं ।तिहारले झपक्कै छोपेको छ । कोरोना संक्रमणका विच आएको वर्षभरीको ठूलो चाड तिहारलाई दीप र फुलहरुको पर्व पनि भनिन्छ । तिहारमा धनकी देवी लक्ष्मीको विशेष पुजा आराधना हुने गरेको छ । यसपाली कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन थियो । हिजो परेको लक्ष्मी पुजा घरघरमा धुमधामले मनाईएको छ ।

नेपाली चलचित्रका केही नायिकाहरुले पनि लक्ष्मी पुजा विशेष रुपमा गरेका छन् । सदाबहार नायिका करिष्मा मानन्धर देखि अहिलेका हटकेक नायिकाहरुले लक्ष्मी पुजासँगै रंगोली बनाएका छन् ।

करिष्माले रंगोली बनाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेकी छन् । नायिका नम्रता सापकोटा, स्वेता खड्का, बेनिसा हमाल, पुजा शर्मा तथा सुहाना थापाले लक्ष्मी पुजाको तस्विर सार्वजनिक गरेका छन् ।

नायिका नम्रता श्रेष्ठले लक्ष्मी पुजा गरेको तस्विर शेयर नगरेपनि आकर्षक कुर्तीमा तिहारको शुभकामना दिएकी छन् ।

नायिका स्वेता खड्काले रंगोली र लक्ष्मी पुजाका तस्विरहरु शेयर गर्दै लामो स्टाटस पनि हालेकी छन् । स्वेताले कोरोनाको कहरका वाबजुद पनि ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फुलहरुसँगै मुस्कुराउँदै सप्तरङ्गी रङ्गहरुसँग लत्पत्तिदै अनि झिलिमिली बत्तिहरुको उज्यालो प्रकाशमा रमाउँदै उस्तै उत्साह, उमङ्ग र खुशियालीका साथ धनधान्यदेवी लक्ष्मी मातालाई स्वागत गरियो । भन्दै स्टाटस राखेकी छन् ।

स्वेताले महामारीको यो माहौलमा आत्मिय सहकर्मीहरुको जमात जुट्न नसक्नुले मनमा खल्लो अनुभुती भएता पनि जो जहाँ रहनु भएको छ सबै सहकर्मी, शुभचिन्तक तथा हितैशीहरुप्रती सुस्वास्थ्य दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गरेकी छन् ।

‘शिशिरयामको चिसोसितका थोपाहरुसँग जुध्दै मौलाईरहेको दुबो जस्तै सबैको जिवन मौलाई रहोस् । बलीराजाको अनुपम कृपाले शत्रुहरु परास्त हुन । सफलता, सुख अनि सम्बृद्दीले जीवन भरिपुर्ण होस । शुभदिपावलीको यो पावन अवसरमा अनगिन्ती, अविरल र असंख्य शुभकामना ।’ स्वेताले भनेकी छन् ।

बेनिषा हमाल
नम्रता श्रेष्ठ
नम्रता सापकाेटा
स्वेता खड्का
करिष्मा मानन्धर
सुहाना थापा

 

प्रतिक्रिया