पुर इभको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं । इन्डियन इलेक्ट्रिकल भेइकल्स कम्पनी पुर इभको स्कुटर नेपाली बजारमा आएको छ । कम्पनीको प्रिमियम मोडल ‘इ–प्लुटो ७ जी’ नेपाली बजारमा ल्याएको हो ।

यो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ह्वाइट लोटस मोटर्सबाट नेपाली बजारमा ल्याएको हो । ‘इ–प्लुटो ७ जी’ नेपालको सडक र शहरी जनजिवनमा उत्कृष्ट हुने बताइएको छ ।

‘इ–प्लुटो ७ जी’को विषेशता भनेको यसको ब्याट्री र गाडी नेपालको आवश्यकताहरुमा डिजाईन गरी तयार गरीएको छ । पुर ईभले आफ्नो गाडीहरूमा अत्याधुनिक ’पावर ट्रेन’ क्षमता र दक्षता विकास गरेको जनाएको छ ।

पुर ईभको मूल कम्पनी पुर्वेर्न्जीले स्वदेशी रूपमा विकसित लिथियम आयन ब्याट्री विकसित र निर्मित भारत र नेपालको मौसम अवस्था अनुरुप विभिन्न तापमानको स्थितिमा काम गर्न सक्दछ ।

पुर ईभले डब्ल्यूएलएमसँग उच्च गुणस्तरको सेवाहरु प्रदान गर्न सहकार्य गरेको जनाएको छ । नेपालको आधिकारिक विक्रेताले समयमै ’बिक्री पछि’ सेवा र पर्याप्त स्पेयर पार्ट्स उपलब्ध गराउन सकिने जनाएको छ ।

स्कुटरमा पोर्टेबल ब्याट्री जडान गरिएकोले एक पटकको चार्जमा १०० किलोमिटर सम्मको यात्रा गर्न सकिने कम्पनीले दावि गरेको छ । डब्ल्यूएलएमले काठमाडौंमा दुईवटा आउटलेटहरू स्थापना गर्ने जनाएको छ । कम्पनीले निकट भविष्यमा अन्य मोडेलहरू पनि ल्याउने योजना बनाएको छ ।

पुर ईभका प्रमुख कार्यकारी अधिकारी रोहित वडेराले पुर ईवीको यात्राको सबैभन्दा महत्त्वपूर्ण माइलस्टोन भएको बताएका छन् । ‘हामी व्हाइट लोटस मोटर्ससँगको साझेदारीमा नेपालका ग्राहकहरूलाई सहयोग पुर्याउने आशा गर्दछौं । यसका साथै भविष्यमा सुरु गरिएका सबै नयाँ दायरा समयमै नेपाल बजारमा पनि उपलब्ध गराइनेछ ।’ उनले भने ।

व्हाइट लोटस मोटर्स प्राइवेट लिमिटेडका प्रबन्ध–निर्देशक अशोक खड्गीले भारतको पुर एनर्जीसँग साझेदारी गरेर र विश्वस्तरीय, नयाँ पुस्ता २ व्हीलर ईभी सुरु गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘हामीले पुर ईवीको गुणस्तरीय साधन नेपाली सडकहरुको अवस्था अनुरुप सर्वसुलभ मुल्यमा ल्याएका छौं ।’ उनले भने ।

प्रतिक्रिया