चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

चितवन । कालिका नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं. ६ खोलेसिमलस्थित पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुँदा सोही ठाउँका ४५ वर्षीय सुक बहादुर पाख्रिनको मृत्यु भएको हो ।

उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

रड तान्ने क्रममा करेन्ट लागेर खोलेसिमलकै २८ वर्षीय अनिश श्रेष्ठ सामान्य घाइते भएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताए ।

प्रतिक्रिया