यो वर्ष अमिताभको घरमा हुँदैन दिवाली, अभिषेकले खुलाए कारण

एजेन्सी । बलिउडका स्टार अभिनेता अमिताभ बच्चनकाे घरमा हरेक वर्षको दिवालीमा भव्य पार्टी आयोजना हुने गर्छ । तर यो वर्षको दिवालीमा भने, कुनै पनि पार्टी नहुने अमिताभका छोरा अभिनेता अभिषेक बच्चनले पुष्टि गरेका छन् ।

अभिषेकले एक अन्तवार्तामा भनेका छन् –‘यो कुरा सत्य हो । यस वर्ष हाम्रो परिवारको एक सदस्यको मृत्यु भएको छ । मेरी बहिनी श्वेताकी सासु (रितु नन्द)को मृत्यु भएको छ । यस्ताे समयमा कसले पार्टी गर्छ ? ’

काेराेना महामारीकाे याे अवस्थामा सामाजिक दुरीकाे पालना गरि सतर्कता अपनाउनु पर्ने उनकाे भनाइ छ ।

१४ जनवरीमा रितु नन्दको निधनपछि उनका भाई र अमिताभका नजिकका साथी ऋषि कपूरकाे पनि अप्रिल ३० मा मृत्यु भएकाे थियाे । यसअघि अमिताभकाे परिवारनै संक्रमित बनेका थिए । अहिले सबै जना संक्रमण मुक्त भइसकेका छन् ।

प्रतिक्रिया