घरको छतबाट खसेर १८ महिने बालकको मृत्यु

चितवन । घरको छतबाट खसेर खैरहनीमा एक बालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी रामशरण कार्कीको १८ महिनाको छोरो कृजन कार्कीको मृत्यु भएको हो ।

शनिबार दिउँसो घरको दुईतला माथीबाट खसेर घाइते भएका बालकको उपचारको क्रममा काठमाडौं स्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया