केशव सापकोटाको संगीतमा विष्णु माझीको ‘बरबर आँशु…’ [भिडियोसहित]
२०७७ कार्तिक २१ गते
![केशव सापकोटाको संगीतमा विष्णु माझीको ‘बरबर आँशु…’ [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/11/Barbar-aashu1.jpg)
काठमाडौं । लोकप्रिय गायिका विष्णु माझी र गायक विरेन्द्र बुढाको ‘बरबर आँशु…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शक्तिराम डीसीको शब्द चयनमा केशव सापकोटाले संगीत भरेको गीतको भिडियोमा किशोर खत्री, रेजिना बिष्ट र महिमा गिरीको अभिनय रहेको छ ।
सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडिओलाई राजेश घिमिरे र दीपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् । जनता डिजिटल्सले बजारमा ल्याएको यो म्युजिक भिडिओ छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ ।
२०७७ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








