सडक दुर्घटनामा दुई नेपालीको कुवेतमा मृत्यु

कुवेत । कुवेतमा दुई नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ । कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्किदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जाजरकोटका ३२ वर्षीय दीपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ वर्षीय पलबहादुर पुन रहेका छन् ।
उनीहरू ४ नोभेम्बर, २०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेको नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले बताएका छन् । दुर्घटनामा अर्का एक विदेशी नागरिक पनि परेका छन् ।

सिलवालका अनुसार सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरीत दिशाबाट आएको अर्को सवारीसाधनले ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको हो ।

जाजरकोटका दीपक सिंह ठकुरीको ४ नोभेम्बर बुधबारकै दिन र पलबहादुर पुनको ५ नोभेम्बर बिहीबारका दिन उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु भएका नेपाली कार्यरत कम्पनीले राजदूतावासमा सम्पर्क गरिसकेको र मृतकहरूका परिवारसँग समन्वय गर्दै कानूनी प्रक्रियामा अगाडी बढेको सिलवालले बताएका छन् । ३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुनको ठेगाना खुल्न सकेको छैन ।

प्रतिक्रिया